७६(५) अनुसार पनि ओली नै ! « Khabarhub

७६(५) अनुसार पनि ओली नै !


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार अपराह्न ५ बजेसम्ममा आफैँले दाबी गर्ने रणनीतिका साथ संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिबाट आह्वान गराएको संकेत देखिएको छ ।

नेकपा एमालेको मौजुदा सदस्य संख्यामा जनता समाजवादी पार्टी (जसपा) को ठाकुर–महतो पक्षले साथ दिँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष ‘प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार’ प्रस्तुत गर्न सक्नेछन् ।

संविधान संशोधन गर्न कार्यदल बनाउने सहमति र नागरिकता सम्बन्धी ऐनमा अध्यादेश जारी गर्ने निर्णय धारा ७६(५) अनुसार ओली नै प्रधानमन्त्री नियुक्त हुने राणनीति अन्तर्गत रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार धारा ७६(३) अनुसार नियुक्त अल्पमतको सरकारका प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुको साटो उनकै नेतृत्वमा गठबन्धन सरकार बनाउनु उचित हुने ठाकुर–महतो पक्षको निष्कर्ष छ । यसैअनुसार प्रधानमन्त्री ओली संविधान संशोधनका लागि कार्यदल बनाउन तयार भएका हुन् ।

संविधान संशोधन गर्न तयार हुने र अध्यादेशमार्फत नागरिकता ऐन संशोधन गर्ने ओलीको कदमबाट जसपाको ठाकुर–महतो पक्ष निकै उत्साहित भएको छ । यो पक्षको निष्कर्ष के छ भने पार्टीको मागअनुसार संविधान संशोधन हुने र नागरिकता ऐनमा अध्यादेश जारी हुने कुरामा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि असहमत हुन सक्ने छैनन् ।

यस्तै, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि संविधान संशोधनको माग र प्रस्ताव अस्वीकार गर्न सहज हुनेछैन । यही निष्कर्षका साथ प्रधानमन्त्री ओली र ठाकुर–महतो पक्षले आपसी सहमतिमा गठबन्धन सरकार गठनको तयारी गरेका हुन् । आगामी ९ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषदको निर्णय पनि यही विश्वासका आधारमा भएको स्रोतको भनाइ छ ।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाको समर्थन देखिने पत्रसहित अपराह्न ५ बज्नुभन्दा केही मिनेट अघि राष्ट्रपति समक्ष दाबी पेश गर्नेछन् र आजै धारा ७६(५) अनुसार नियुक्ति लिनेछन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएको अवस्थामात्रै ओली सत्ताबाट हट्न सक्नेछन् । जसपा आफ्ना नेतालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले यो अवसर पनि ओलीले नै लिन सक्ने अनुमान पनि हुन थालेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : २६ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,