महन्थ ठाकुर भन्छन् : प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ « Khabarhub

महन्थ ठाकुर भन्छन् : प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस–माओवादी गठबन्धनमा नजाने स्पष्ट पारेका छन् । साथै उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा जान नसक्ने पनि बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।

‘हामी त सुरुदेखि नै तटस्थ बस्दै आएका छौँ, अहिलेको पनि अवस्था त्यही छ, ओलीजीको विरोधमा छैनौँ,’ ठाकुरले भने ।

प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्धा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए । ‘मैले ‘होस्टायल न्युट्रालिटी’को कुरा गरेको होइन ‘फ्रेन्डली न्यूट्रालिटी’को कुरा गरेको हुँ,’ उनले भने ।

यसअघि जनता समाजवादी पार्टीले प्रधानमन्त्री पदका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि सारे पनि उनले अस्वीकार गरेका थिए । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईले ठाकुरलाई समर्थन गरेका थिए ।

तर, प्रधानमन्त्री बन्ने सम्भावनाको चर्चा भए पनि ठाकुर आफैले यसप्रति इच्छा देखाएका छैनन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर चर्चा भए पनि आफूलाई कुनै प्रस्ताव नआएको बताएका थिए । जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली नजिक देखिएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : २९ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका