नेपाल पक्षका सांसदहरूको भेला सुरू, कांग्रेस र माओवादीका नेताहरू पनि सहभागी « Khabarhub

नेपाल पक्षका सांसदहरूको भेला सुरू, कांग्रेस र माओवादीका नेताहरू पनि सहभागी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसदहरूको भेला सुरू भएको छ । सिंहदरबारस्थित लेखा समितिको हलमा सांसदहरू भेला भएका हुन् ।

भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समय सीमाबारे छलफल हुने बताइएको छ । माधव नेपालसहित २० जनाभन्दा बढी सांसद भेलामा सहभागी छन् ।

उक्त भेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि सहभागी भएका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र माओवादी नेताहरू वर्षमान पुन तथा देव गुरुङ नेता नेपाल पक्षीय सांसदको भेलामा पुगेका हुन् ।

जसपाको उपेन्द्र यादव पक्षीय नेता मोहम्मद इश्तियाक राई पनि बैठक स्थलमा देखिएका छन् । नेपाल पक्षका सांसदको भेलामा कांग्रेस र माओवादीका नेताहरू सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्रपतिले बिहीवार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरु छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ५८ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।