राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे कांग्रेस–माओवादी–नेपाल र जसपाको विद्रोही पक्षका सांसदको संयुक्त छलफल « Khabarhub

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे कांग्रेस–माओवादी–नेपाल र जसपाको विद्रोही पक्षका सांसदको संयुक्त छलफल


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षमा रहेका दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने विषयमा छलफल शुरु गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक बालकुष्ण खाँणले महाअभियोगका बारेमा छलफल शुरु भएको पुष्टि गरे ।

उनले प्रस्तावकै लागि भनेर कांग्रेसले सांसदहरुलाई ४ बजे सिंहदरबार आउन निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘अब महाअभियोगको प्रस्ताव दर्ता गर्ने मनसायमा हामी पुगेका छौं । त्यसकै लागि हामीले सबै सांसदहरूलाई दलको कार्यालयमा आउन निर्देशन दिएका छौं । सांसदहरू आउने क्रम जारी छ ।’

अहिले महाअभियोगका बारेमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बिचमा कांग्रेस संसदीय दलको कार्यालयमा छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ०५ बजे

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६