१५३ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा ओलीको दाबी प्रस्तुत « Khabarhub

१५३ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा ओलीको दाबी प्रस्तुत


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १ सय ५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् ।

ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्रसहित शीतल निवासमा पेश गरेको बताइएको छ ।

ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्किसकेका छन् । विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गर्नु अघि नै शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले दाबी गरेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ४ : ३६ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका