हस्ताक्षर दुरूपयोग भएको एमाले सांसदद्वारा राष्ट्रपतिलाई जानकारी, नेपाल समूहमा विवाद « Khabarhub

हस्ताक्षर दुरूपयोग भएको एमाले सांसदद्वारा राष्ट्रपतिलाई जानकारी, नेपाल समूहमा विवाद


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केही नेताले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको उनीहरूले बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय भनिएका सांसदको हस्ताक्षर दुरुपयोग भएको राष्ट्रपतिलाई उनीहरूले नै जानकारी गराएका हुन् ।

यसरी जानकारी गराउने सांसदहरूमा नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडीलगायत छन् । उनीहरूले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको जानकारी गराएका हुन् । देउवालाई प्रधानमन्त्री बनाउने विषयले नेपाल समूहमा विवाद उत्पन्न भएको देखिएको छ ।

सुनसरी– १ बाट निर्वाचित सांसद जयकुमार राईले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै आफ्नो हस्ताक्षर दुरुपयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले बुझाएको पत्रमा भनिएको छ, ‘म एमालेको प्रतिनिधिसभा सदस्य हुँ । र मैले मेरो पार्टी अध्यक्षको विरुद्धमा विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु । ‘

यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हस्ताक्षर दुरूपयो भएको बताएका थिए । उनले लेखेका छन्, ‘सुनसरी क्षेत्र नं. १ बाट सूर्य चिन्ह लिएर निर्वाचित सांसद म जयकुमार राई नेकपा एमाले विभाजनको पक्षमा छैन, भन्ने कुरा धेरै अगाडिदेखि मेरो धारणा सार्वजानिक गर्दै आएको छु । आज फेरि नयाँ सरकार गठन गर्न भनी हस्तक्षर संकलन भइरहेको जानकारीमा आएको हुँदा म फेरि पनि पार्टी विभाजनको पक्षमा म छ‌ैन । र, काहीँ कतै यो प्रयोजनको लागि हस्ताक्षर नगरेको कुरा सबै पार्टी नेता तथा कार्यकर्ताहरूलाई जानकारी गराउन चाहन्छु ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : ४७ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका