हस्ताक्षर दुरूपयोग भएको एमाले सांसदद्वारा राष्ट्रपतिलाई जानकारी, नेपाल समूहमा विवाद « Khabarhub

हस्ताक्षर दुरूपयोग भएको एमाले सांसदद्वारा राष्ट्रपतिलाई जानकारी, नेपाल समूहमा विवाद


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केही नेताले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको उनीहरूले बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय भनिएका सांसदको हस्ताक्षर दुरुपयोग भएको राष्ट्रपतिलाई उनीहरूले नै जानकारी गराएका हुन् ।

यसरी जानकारी गराउने सांसदहरूमा नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडीलगायत छन् । उनीहरूले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको जानकारी गराएका हुन् । देउवालाई प्रधानमन्त्री बनाउने विषयले नेपाल समूहमा विवाद उत्पन्न भएको देखिएको छ ।

सुनसरी– १ बाट निर्वाचित सांसद जयकुमार राईले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै आफ्नो हस्ताक्षर दुरुपयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले बुझाएको पत्रमा भनिएको छ, ‘म एमालेको प्रतिनिधिसभा सदस्य हुँ । र मैले मेरो पार्टी अध्यक्षको विरुद्धमा विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु । ‘

यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हस्ताक्षर दुरूपयो भएको बताएका थिए । उनले लेखेका छन्, ‘सुनसरी क्षेत्र नं. १ बाट सूर्य चिन्ह लिएर निर्वाचित सांसद म जयकुमार राई नेकपा एमाले विभाजनको पक्षमा छैन, भन्ने कुरा धेरै अगाडिदेखि मेरो धारणा सार्वजानिक गर्दै आएको छु । आज फेरि नयाँ सरकार गठन गर्न भनी हस्तक्षर संकलन भइरहेको जानकारीमा आएको हुँदा म फेरि पनि पार्टी विभाजनको पक्षमा म छ‌ैन । र, काहीँ कतै यो प्रयोजनको लागि हस्ताक्षर नगरेको कुरा सबै पार्टी नेता तथा कार्यकर्ताहरूलाई जानकारी गराउन चाहन्छु ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : ४७ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन