देशभर ८ हजार ६०७ संक्रमित थपिए, १७७ जनाको मृत्यु | Khabarhub Khabarhub

देशभर ८ हजार ६०७ संक्रमित थपिए, १७७ जनाको मृत्यु


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २२ हजार ३५३ जनाको पीसीआर परीक्षणमा ८ हजार ४०७ र ८७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०० जना गरी कुल ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थपिए २ हजार ४४७ जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा  गौतमले काठमाडौँमा १ हजार ७५२ जना, भक्तपुरमा २९५ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ९३६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १८८

१०-१९ वर्ष – ६०७

२०-२९ वर्ष – १८९२

३०-३९ वर्ष – १९३६

४०-४९ वर्ष – १४९६

५०-५९ वर्ष – ११३८

६०-६९ वर्ष – ६६८

७०-७९ वर्ष – २९७

८०-८९ वर्ष – १०३

९०-१०० वर्ष- १४

अज्ञात – ६८

२ हजार २२७ संक्रमित आईसीयू र भेन्टिलेटरमा

मन्त्रालयका अनुसार २ हजार २२७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ७१६ कोरोना संक्रमितको आईसीयूमा र ५११ को भेन्टिलेटरमा गरी कुल २ हजार २४० जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २११ जना आईसीयूमा र ८१ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २०९ आईसीयूमा र ५१ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ९०७ जना आईसीयूमा र ३१२ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १४२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४६ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४२ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ७ हजार ८९० जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ८९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख  ७४ हजार ८३६ पुगेको छ ।

थप १७७ कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : ३८ बजे

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा

नेपालको बिजुली बंगलादेश निर्यातको तयारी, त्रिपक्षीय सम्झौतामा आज हस्ताक्षर हुँदै

काठमाडौं– लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने

बाढीपहिरो अपडेट : अहिलेसम्म २३३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको

नवरात्रमा कुन दिन कुन देवीको पूजा गर्ने ?

काठमाडौं– आजबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल

वैकल्पिक ट्रयाक खोलेर मन्थली-काठमाडौँ आवतजावत

रामेछाप – मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन