देउवालाई नेपाल समूहले समर्थन गर्नु गम्भीर : प्रदीप ज्ञवाली « Khabarhub

देउवालाई नेपाल समूहले समर्थन गर्नु गम्भीर : प्रदीप ज्ञवाली


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समर्थन गर्नु गम्भीर रहेको बताएको छ ।

एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कम्युनिष्ट पार्टीमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्नु कल्पना भन्दा बाहिरको विषय रहेको बताएका हुन् ।
उनले भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल लगायतको हस्ताक्षरका बारेमा छलफल भएको छ । यो अत्यन्तै गम्भीर विषय हो । कार्यदलका साथीहरुमा पार्टीभित्रको संकटलाई हरसम्भव तरिकाले समाधान गर्ने विषयमा छलफल भएको छ । कम्युनिष्ट पार्टीमा यस्तो कल्पना गरिँदैन । कल्पनाबाहिरको विषयलाई हरसम्भव समाधान गर्नेछौँ ।’

कार्यदलको बैठकमा वरिष्ठ नेता नेपाल समूहका नेताहरुले संसद विघटन हुनेमा आशंका व्यक्त गरेको भएपनि संसद विघटन नहुने आश्वस्त पारेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । कार्यदलको आजको बैठकमा कुनै पनि विषयमा सहमति नजुटेको उनले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : २१ बजे

मेटामा प्राविधिक गडबडी : फेसबुक र इन्स्टाग्राम चल्नै छाडे

काठमाडौं- मेटाको मुख्य एप, वेबसाइट र म्यासेन्जरमा अचानक आएको ठूलो

युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

नयाँ दिल्ली- भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच

‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा