देउवालाई नेपाल समूहले समर्थन गर्नु गम्भीर : प्रदीप ज्ञवाली « Khabarhub

देउवालाई नेपाल समूहले समर्थन गर्नु गम्भीर : प्रदीप ज्ञवाली


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समर्थन गर्नु गम्भीर रहेको बताएको छ ।

एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कम्युनिष्ट पार्टीमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्नु कल्पना भन्दा बाहिरको विषय रहेको बताएका हुन् ।
उनले भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल लगायतको हस्ताक्षरका बारेमा छलफल भएको छ । यो अत्यन्तै गम्भीर विषय हो । कार्यदलका साथीहरुमा पार्टीभित्रको संकटलाई हरसम्भव तरिकाले समाधान गर्ने विषयमा छलफल भएको छ । कम्युनिष्ट पार्टीमा यस्तो कल्पना गरिँदैन । कल्पनाबाहिरको विषयलाई हरसम्भव समाधान गर्नेछौँ ।’

कार्यदलको बैठकमा वरिष्ठ नेता नेपाल समूहका नेताहरुले संसद विघटन हुनेमा आशंका व्यक्त गरेको भएपनि संसद विघटन नहुने आश्वस्त पारेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । कार्यदलको आजको बैठकमा कुनै पनि विषयमा सहमति नजुटेको उनले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : २१ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन