प्रधानमन्त्रीका लागि परेका दुवै दाबी खारेज गरी चुनाव घोषणा गर्न कमल थापाको माग « Khabarhub

प्रधानमन्त्रीका लागि परेका दुवै दाबी खारेज गरी चुनाव घोषणा गर्न कमल थापाको माग


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ताको खेललाई बन्द गर्दै चुनावमा जानु पर्नेमा जोड दिएका छन् । उनले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा आज परेका दुवै दाबी किर्ते भएको भन्दै त्यसलाई खारेज गरी चुनाव घोषणा गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन् । उनले दुवै दाबी जाली र किर्ते भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् ।

‘दुवै जाली/किर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्’, थापाले लेखेका छन्, यिनीहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’

ओलीले १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेश गरेका छन् भने देउवाले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : ५२ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।