संविधानमाथि जालसाजी र धोका भयो : बार एसोसिएसन « Khabarhub

संविधानमाथि जालसाजी र धोका भयो : बार एसोसिएसन


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नलिई एक्कासी संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रियामा जानु गलत भएको ठहर गरेको छ ।

संविधानको धारा ७६ (५) आरम्भ गरेर संविधानको कपटपूर्ण रुपमा प्रयोग भइ मूल कानूनमाथि जालसाजी र धोका भएको बारको निष्कर्ष छ । सर्वोच्च बारले प्रधानमन्त्री केपी शर्मा ओली पदमा रही राजनीतिक अभिष्ट पूरा गर्ने दाउमा रहेको निष्कर्षसहित पछिल्लो कदम गलत भएको जनाएको हो ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्ति निकालेर सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेपछि त्यसको प्रतिवाद गरेका हुन् ।

बारेले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुन्छ वा हुँदैन भनेर निर्णय गर्ने अधिकार मन्त्रिपरिषद् र राष्ट्रपतिलाई नभएको पनि दाबी गरेको छ । विश्वासको मतबारे निर्णय गर्ने अधिकार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको हुने बारको तर्क छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : ३० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट