भारतमा दैनिक संक्रमण दर घटे पनि मृतक संख्या उस्तै | Khabarhub Khabarhub

भारतमा दैनिक संक्रमण दर घटे पनि मृतक संख्या उस्तै


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा केही कमी आए पनि मृतक संख्या भने घटेको छैन ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ५४ हजार ३९५ जनामा संक्रमण भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २ करोड ६२ लाख ८५ हजार ८९ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

संक्रमितको दर घटे पनि मृत्युदर भने उस्तै नै छ । अहिले पनि दैनिक औषत चार हजार संक्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार१४३ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९५  हजार ५०८ पुगेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : १० बजे

ट्रम्पको बोलीले कोट्याइएको जापानीको ८० वर्ष पुरानो घाउ

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल

काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती

इरानको क्रान्ति र निरङ्कुश शासन : नेपालले सिक्नुपर्ने पाठ

इरान सधैँ विश्व राजनीतिको केन्द्रविन्दुमा रहँदै आएको छ । शिया

फिल्म ‘मैसा’मा रश्मिकाको भिन्न लुक्स

काठमाडौं – दक्षिण भारतीय नायिका रश्मिका मन्दन्नाको अभिनय रहेने ‘मैसा’ले