आगामी रणनीति तय गर्न पाँच दलको संयुक्त बैठक बस्दै « Khabarhub

आगामी रणनीति तय गर्न पाँच दलको संयुक्त बैठक बस्दै


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक र मंसिरमा चुनाव घोषणा गरेलगत्तै विपक्षी दलहरू आगामी रणनीति तय गर्न छलफलमा जुट्दैछन् ।

काँग्रेस नेता बालकृष्ण खाँणका अनुसार शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा कांग्रेससहित माओवादी केन्द्र, एमालेको माधव कुमार नेपाल खेमा, जसपाको उपेन्द्र यादव खेमा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको असंवैधानिक कदमलाई चुनौती दिने गरी निर्णय हुने उनले बताए ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति ओलीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै प्रतिवादमा उत्रन आह्वान गरिरहेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : ३३ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित