प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँमा जाने कांग्रेसको निर्णय « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँमा जाने कांग्रेसको निर्णय


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँ जाने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै कानूनी चुनौती दिने निर्णयमा पुगेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

संविधानको धारा ७६ को ५ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकोमा कांग्रेस आक्रोशित छ ।

लोकतन्त्र तथा संविधान रक्षाका लागि पार्टीले कानूनी लडाइँसँगै अन्य दल तथा नागरिक समाजसँग सहकार्य गर्दै राजनीतिक लडाइँ पनि लड्ने निर्णय गरेको महतले बताए ।

यसका लागि सर्वदलीय छलफलमार्फत संयुक्त रिट दिने तयारी भएको उनले बताए ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १२ : २३ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी