बिकेका नेताकै कारण कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रधानमन्त्री ओली « Khabarhub

बिकेका नेताकै कारण कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रधानमन्त्री ओली


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरू बिक्दा कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताएका छन् ।

‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बिकेका नेताहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्धत भएको बताएका हुन् ।

उनले एमालेकै माधव नेपाल समूहप्रति संकेत गर्दै भने, ‘आफ्नो दलको सरकार गिराएर जुन दलसँग प्रतिस्पर्धा गरियो, उही दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गरेर अनुशासन तोड्ने काम भएको छ । पार्टीले निर्णय गरिरहनु पर्दैन, जब नेता पतित हुन्छ, बिक्छ, तब आफ्नैलाई सिध्याउन उद्धत हुन्छ, यस्तै बुद्धिका नेताका कारण आन्दोलन अरु ठाउँमा कमजोर भएको छ ।’

म भन्ने भावनाबाट आक्रान्त मानिसका कारण नेपालको यतिमाथि पुर्‍याइएको आन्दोलन र दुई तिहाई पुर्‍याइएको आन्दोलनलाई ध्वस्त पार्ने प्रयास भएको पनि उनले बताए ।

ओलीले कांग्रेस सभापतिले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने भाषा बोलिएकोप्रति आपत्ति जनाए । उनले भने, ‘कुलीन, घरानिया मानिसहरू त्यस्तो पदमा पुगेको भए यिनै मानिसहरु निहुरिएर बोल्थे, जनताका छोराछोरी सम्मानित ठाउँमा पुगे भने सम्मान गर्न हुँदैन भनिठान्छन् ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ४ : ५५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण