बिकेका नेताकै कारण कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रधानमन्त्री ओली « Khabarhub

बिकेका नेताकै कारण कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रधानमन्त्री ओली


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरू बिक्दा कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताएका छन् ।

‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बिकेका नेताहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्धत भएको बताएका हुन् ।

उनले एमालेकै माधव नेपाल समूहप्रति संकेत गर्दै भने, ‘आफ्नो दलको सरकार गिराएर जुन दलसँग प्रतिस्पर्धा गरियो, उही दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गरेर अनुशासन तोड्ने काम भएको छ । पार्टीले निर्णय गरिरहनु पर्दैन, जब नेता पतित हुन्छ, बिक्छ, तब आफ्नैलाई सिध्याउन उद्धत हुन्छ, यस्तै बुद्धिका नेताका कारण आन्दोलन अरु ठाउँमा कमजोर भएको छ ।’

म भन्ने भावनाबाट आक्रान्त मानिसका कारण नेपालको यतिमाथि पुर्‍याइएको आन्दोलन र दुई तिहाई पुर्‍याइएको आन्दोलनलाई ध्वस्त पार्ने प्रयास भएको पनि उनले बताए ।

ओलीले कांग्रेस सभापतिले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने भाषा बोलिएकोप्रति आपत्ति जनाए । उनले भने, ‘कुलीन, घरानिया मानिसहरू त्यस्तो पदमा पुगेको भए यिनै मानिसहरु निहुरिएर बोल्थे, जनताका छोराछोरी सम्मानित ठाउँमा पुगे भने सम्मान गर्न हुँदैन भनिठान्छन् ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ४ : ५५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान