तत्काल पार्टीको महाधिवेशन गर्न कांग्रेस नेता पौडेलको माग « Khabarhub

तत्काल पार्टीको महाधिवेशन गर्न कांग्रेस नेता पौडेलको माग


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल पार्टीको महाधिवेशन माग गरेका छन् ।

कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने पौडेलको भनाइ छ ।

दिवंगत कांग्रेस नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली कांग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुपर्ने बताए ।

आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको पनि आरोप लगाए ।

कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे ।

संक्रमणकालका बाँकी कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको निधिको भनाइ थियो ।

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दाबी गरे ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : ०९ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित