बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’ « Khabarhub

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती प्रदेशको पछिल्लो सत्ता समीकरणप्रति तीव्र असन्तुष्टि जनाउनुभएको छ। पार्टीले सिद्धान्त, विधि र आन्तरिक लोकतन्त्रभन्दा सत्तालाई प्राथमिकता दिन थालेको भन्दै उनले असन्तोष व्यक्त गरेका छन् ।

सार्वजनिक धारणा राख्दै नेता रावलले नेपाली राजनीतिमा सत्ता प्राप्तिका लागि सिद्धान्त र निष्ठा पन्छाउने प्रवृत्ति पुरानै भए पनि एमालेजस्तो वैचारिक पार्टीसमेत सोही बाटोमा हिँड्नु चिन्ताजनक रहेको बताए। सत्ता प्राप्तिको अङ्कगणितमा मात्र केन्द्रित हुँदा पार्टीले आफ्नो वैचारिक पहिचान, जनविश्वास र दीर्घकालीन राजनीतिक शक्ति गुमाउने खतरा रहेको उनको भनाइ छ।

बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले एमाले नेतृत्वले विगतका अनुभवबाट पाठ सिक्न नसकेको पुष्टि गरेको उनले दाबी गरे। प्रदेश नेतृत्व चयनका लागि पार्टीभित्रका लोकतान्त्रिक र संस्थागत प्रक्रिया हुँदाहुँदै विचार नमिल्ने शक्तिसँग सहकार्यको प्रयास गर्नु वैचारिक विचलन भएको उनको तर्क छ।

“सत्ता वा अन्य राजनीतिक सहकार्य पार्टी कमिटीको नीति र निर्णयका आधारमा हुनुपर्छ। कुनै व्यक्तिको स्वार्थ वा सङ्कट समाधानका लागि गरिने अस्वाभाविक गठबन्धनले पार्टीलाई थप क्षति पुर्‍याउँछ,” रावलले भने।

सत्ता सम्बन्धी छलफल पार्टी कार्यालयमा पारदर्शी ढङ्गले हुनुपर्नेमा जोड दिँदै उनले सीमित व्यक्तिको निवासमा हुने गोप्य छलफल र निर्णय प्रक्रियाले पार्टी सङ्गठनलाई कमजोर बनाउने चेतावनी दिनुभयो। विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विचार नमिल्ने शक्तिसँग गरिएको सहकार्यले एमालेको वैचारिक छविमा असर पारेकाले त्यसको गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ छ।

व्यक्ति अस्थायी भए पनि सिद्धान्त, विचार, नीति र संस्थागत मूल्य दीर्घकालीन हुने उल्लेख गर्दै उनले व्यक्तिवादी स्वार्थ र सत्ताको मोह छाडेर आफ्नै सिद्धान्त र निष्ठामा आधारित राजनीति पुनः स्थापित गर्न नेतृत्वसँग आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ७ : ०४ बजे

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती