अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो, थप सामग्री पनि आउँदै « Khabarhub

अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो, थप सामग्री पनि आउँदै


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड १९ महामारीविरुद्ध अमेरिकाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्रीको पहिलो खेप काठमाडौँ आइपुगेको छ ।

शनिबार अमेरिकी कार्गो विमानले ती स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएआइडी) र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

शनिबार ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

युएसएडले आइतबार एक हजार थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुईदिनभित्र अमेरिकी कार्गो विमानले थप दुई खेप सामान ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच ‘युएसएआइडी’ ले आइतबार नेपाललाई थप सहयोग स्वरुप एक हजार थान अक्सिजन सिलिन्डर प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : २९ बजे

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग