देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन | Khabarhub Khabarhub

देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका १४९ सांसदलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।

विपक्षी पाँच दलिय गठबन्धनको शनिबार सिंहदरबारमा बसेको बैठकले देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदहरुलाई आइतबार बिहान नागरिकतासहित सिंहदरबारमा उपस्थित हुन भनेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध विपक्षी गठबन्धनले कानुनी र राजनीति रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : ०३ बजे

सिभिल अस्पतालले माग्यो करार कर्मचारी 

काठमाडौं– सिभिल सर्भिस अस्पताल (निजामती कर्मचारी) अस्पतालले करारमा कर्मचारी मागेको

टस जितेर काठमाडौं गोर्खाजले बलिङ रोज्यो (तस्बिरहरू)

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा

नेपाल प्रिमियर लिग : कीर्तिपुरमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को लागि टियु रंगशालामा समर्थकहरूको

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं– सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता

प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणबारे छलफल गर्न अशोक राई नेतृत्वको