काठमाडौँ महानगरद्वारा टेकु र छत्रपाटी अस्पताललाई भेन्टिलेटर प्रदान | Khabarhub Khabarhub

काठमाडौँ महानगरद्वारा टेकु र छत्रपाटी अस्पताललाई भेन्टिलेटर प्रदान


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर सहयोग प्रदान गरेका छ ।

शुक्रवार महानगकार प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा ती अस्पतालहरुलाई २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकालाई यी उपकरण भगिनी सहर तिव्बतको ल्हासाले महामारी विरुद्धको लडाइँमा सघाउन पठाएको हो ।

सो अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको उपस्थिती रहेको थियो । छत्रपाटी चिकित्सालय महानगरको कोभिड अस्पताल हो ।

काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोभिडको उपचारमा क्षमता बढाउन विभिन्न खालका सहयोग गरिसकेको छ । छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोभिड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : ५५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको