काठमाडौँ महानगरद्वारा टेकु र छत्रपाटी अस्पताललाई भेन्टिलेटर प्रदान « Khabarhub

काठमाडौँ महानगरद्वारा टेकु र छत्रपाटी अस्पताललाई भेन्टिलेटर प्रदान


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर सहयोग प्रदान गरेका छ ।

शुक्रवार महानगकार प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा ती अस्पतालहरुलाई २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकालाई यी उपकरण भगिनी सहर तिव्बतको ल्हासाले महामारी विरुद्धको लडाइँमा सघाउन पठाएको हो ।

सो अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको उपस्थिती रहेको थियो । छत्रपाटी चिकित्सालय महानगरको कोभिड अस्पताल हो ।

काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोभिडको उपचारमा क्षमता बढाउन विभिन्न खालका सहयोग गरिसकेको छ । छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोभिड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : ५५ बजे

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण