प्रतिनिधिसभा विघटन प्रतिगामी कदमको निरन्तरता : प्रचण्ड « Khabarhub

प्रतिनिधिसभा विघटन प्रतिगामी कदमको निरन्तरता : प्रचण्ड


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनले बाह्य हस्तक्षेपको आमन्त्रण र अभ्यास भइरहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको आलोचना गर्दै प्रचण्डले सरकार फासिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भएको आरोप लगाएका छन् । शनिबार एक वक्तव्य सार्वजनिक गर्दै उनले तुच्छ सत्तास्वार्थ केन्द्रित भई बाह्य हस्तक्षपको आमन्त्रण एवं अभ्यास भइरहेको बताएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरिदिएपछि पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्षका साथ सजग रहन अपिल गर्दै आएको उनले स्मरण गरेका छन् । ‘यो स्थितिका लागि प्रधानमन्त्री ओलीको संघीय गणतन्त्र र समावेशी लोकतन्त्रविरोधी दृष्टिकोण, पद तथा सत्ता स्वार्थ केन्द्रित चरम व्यक्तिवादी महत्त्वाकांक्षा र राष्ट्रिय स्वाधिनताको मुद्दालाई सौदावाजीको विषय बनाउने सत्तास्वार्थ केन्द्रित राष्ट्रिय आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ,’ वक्तव्यमा भनिएको छ ।

यस्तै, उनले संसद् विघटनलाई प्रतिगामी कदमको निरन्तरता भएको बताएका छन् । मध्यरातमा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएको बताएका छन् ।

‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी गरियो । संवैधानिक रुपमा माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको कुनै विकल्प थिएन’, प्रचण्डको वक्तव्य छ, ‘तर, प्रधानमन्त्री र राष्ट्रपति मिलेर मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरियो । यो २०७७ पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी हो भन्ने कुरा स्पष्ट छ ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : ०९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग