प्रतिनिधिसभा विघटन प्रतिगामी कदमको निरन्तरता : प्रचण्ड | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन प्रतिगामी कदमको निरन्तरता : प्रचण्ड


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनले बाह्य हस्तक्षेपको आमन्त्रण र अभ्यास भइरहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको आलोचना गर्दै प्रचण्डले सरकार फासिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भएको आरोप लगाएका छन् । शनिबार एक वक्तव्य सार्वजनिक गर्दै उनले तुच्छ सत्तास्वार्थ केन्द्रित भई बाह्य हस्तक्षपको आमन्त्रण एवं अभ्यास भइरहेको बताएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरिदिएपछि पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्षका साथ सजग रहन अपिल गर्दै आएको उनले स्मरण गरेका छन् । ‘यो स्थितिका लागि प्रधानमन्त्री ओलीको संघीय गणतन्त्र र समावेशी लोकतन्त्रविरोधी दृष्टिकोण, पद तथा सत्ता स्वार्थ केन्द्रित चरम व्यक्तिवादी महत्त्वाकांक्षा र राष्ट्रिय स्वाधिनताको मुद्दालाई सौदावाजीको विषय बनाउने सत्तास्वार्थ केन्द्रित राष्ट्रिय आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ,’ वक्तव्यमा भनिएको छ ।

यस्तै, उनले संसद् विघटनलाई प्रतिगामी कदमको निरन्तरता भएको बताएका छन् । मध्यरातमा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएको बताएका छन् ।

‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी गरियो । संवैधानिक रुपमा माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको कुनै विकल्प थिएन’, प्रचण्डको वक्तव्य छ, ‘तर, प्रधानमन्त्री र राष्ट्रपति मिलेर मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरियो । यो २०७७ पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी हो भन्ने कुरा स्पष्ट छ ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : ०९ बजे

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदैछन् लालबहादुर

गोरखा– शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक

लुम्बिनीमा तीन दिन बुद्धजयन्ती मनाइँदै

रूपन्देही– २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९

वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते

सुर्खेत– नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग  (वाईसीएल)

बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ७ भिमगिठे र वडा नम्बर ९

महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित 

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित