गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड ! : गगन थापा « Khabarhub

गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड ! : गगन थापा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले राष्ट्रपतिप्रति प्रयोग भएको सम्बोधनको शब्दमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको असन्तुष्टिको आलोचना गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा संसद विघटन गरी चुनाव घोषणा गरेपछि विपक्षी दल कांग्रेसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनिएको प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका थिए ।

राष्ट्रपतिलाई तिमी भनेकोमा प्रधानमन्त्रीको चित्त दुखेको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड !’

उनले सम्माननीय राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? भनेर प्रश्न पनि गरेका छन् ।

थापाले लेखेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा !
गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !!
“सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?
आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : ५५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट