भारतमा घट्दैछ संक्रमण, थपिए २ लाख ४३ हजार संक्रमित « Khabarhub

भारतमा घट्दैछ संक्रमण, थपिए २ लाख ४३ हजार संक्रमित


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ४३ हजार ७७७ जनामा संक्रमण भएको छ । यो संख्या शनिबारको तुलनामा झण्डै ११ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६५ लाख २८ हजार ८४६ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ७८८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९९  हजार २९६ पुगेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : २५ बजे

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका

इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित

काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा

सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित

काठमाडौं – भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि