फाइजर र एस्ट्राजेनेकाको खोप भारतीय भेरियन्टको कोरोनाविरूद्ध पनि प्रभावकारी « Khabarhub

फाइजर र एस्ट्राजेनेकाको खोप भारतीय भेरियन्टको कोरोनाविरूद्ध पनि प्रभावकारी


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फाइजर र अक्सफोड–एस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरूद्धको खोप भारतमा देखिएको नयाँ भेरियन्टविरूद्ध पनि प्रभावकारी  भएको छ ।

खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको एक अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ ।

खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता भारतमा देखिएको भेरियन्टमा पनि प्रभावकारी भएको बेलायती स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो ।

बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो ।

यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : २५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका