महोत्तरीमा सात जनाको मृत्यु | Khabarhub Khabarhub

महोत्तरीमा सात जनाको मृत्यु


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका विभिन्न स्थानमा गएराति सातजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो । गौशालाबाट बा.३६प. ४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उहाँको मृत्यु भएको हो ।

गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएको छ । आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोनाबाट पाँचजनाको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १२ : ४८ बजे

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य

आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो

काठमाडौं – ‘फ्लाई नेपा’ले अमेरिकामा तय गरेको कार्यक्रम ‘अब हाँस्छ

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

नारायणगढ– गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय

जलवायु परिवर्तन र मुस्ताङको सकस

काठमाडौं– जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी

नयाँदिल्ली– इजरायलयसँगको युद्ध चर्किँदै गएपछि भारतले इरानमा रहेका आफ्ना १०