एचडीयू जडान र अक्सिजन प्लान्ट राख्न दोलखाका २ अस्पताललाई २ करोड ३५ लाख « Khabarhub

एचडीयू जडान र अक्सिजन प्लान्ट राख्न दोलखाका २ अस्पताललाई २ करोड ३५ लाख


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोलखाको चरिकोट अस्पताल र जिरी अस्पतालमा एचडीयू जडान र अक्सिजन प्लान्ट राख्न २ करोड ३५ लाख रकम विनियोजन भएको छ ।

चरिकोट र जिरी दुई अस्पतालमा एचडीयू सेवा जडान गर्न र अक्सिजन प्लान्ट राख्न माग गरिएको रकममा अर्थ मन्त्रालयले स्वीकृत गरी रकम बिनियोजन गरेको हो ।

चरिकोट अस्पतालको लागि पाँच वेडको एचडीयू विस्तार गर्न ८० लाख जिरी अस्पतालमा पाँच वेडको एचडीयू सेवा विस्तार गर्न ८० लाख तथा चरिकोट अस्तपतालमा अक्सिजन प्लान्ट राख्न ७५ लाख रकम विनियोजन भएको छ ।

यी दुई अस्पतालमा एचडीयू सेवा विस्तार भए पछि विरामीहरुलाई सहज हुने भएको छ । जिल्लामा कोभिडको बिरामी दैनिक वृद्धि हुँदै गएको र आवश्यक उपकरण तथा प्रविधि नहुँदा समस्या हुन थाले पछि सेवा विस्तारका लागि संचार मन्त्री पार्वत गुरुङले स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम विनियोजनका लागि पहल गरेका थिए ।

चरिकोट अस्पालमा एचडीयु जडान भए पछि जिल्लाको सबै स्थानीय तहका बिरामीलाई सहज हुने भएको छ भने जिरी अस्पतालमा जिरी तथा रामेछापका बिरामीलाई समेत सहज हुने भएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १ : ३५ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल