राष्ट्रपतिको अधिकार, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखियो : प्रधानमन्त्री | Khabarhub Khabarhub

राष्ट्रपतिको अधिकार, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखियो : प्रधानमन्त्री

कांग्रेस अहिले प्रचण्डपथ अंगिकार गरेर कुदेको आरोप


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि भइरहेको प्रहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर पनि गरे ।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरूसँगको कार्यक्रममा उनले धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको दाबी गरे । राष्ट्रपतिको अधिकारविरुद्ध प्रश्‍न गर्न नपाइने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी नेपाली कांग्रेस अहिले प्रचण्डपथ अंगिकार गरेर सत्ता कब्जाको बाटोमा लागेको आरोप पनि लगाए ।

प्रधानमन्त्री ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको लागेको बताउँदै सरकार अब सबैलाई खोप लगाउने कुरामा केन्द्रित हुने बताए ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ३७ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल