म्याग्दीका गाउँ-गाउँमा फैलियो कोरोना संक्रमण « Khabarhub

म्याग्दीका गाउँ-गाउँमा फैलियो कोरोना संक्रमण


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– देशभर कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा पनि संक्रमणको दर उच्च देखिएको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएका गाउँका साथै अन्य गाउँहरुमा पनि संक्रमण तीव्र गतिमा फैलिएको छ ।

बेनी नगरपालिकाको ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाटका साथै ६ वटै स्थानीय तहमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । म्याग्दीमा दैनिक १०० भन्दा बढी कोरोना सङ्क्रमित देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा अहिले १ हजार ३०१ जना संक्रमित छन् । मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि संक्रमण बढ्दो रहेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । संक्रमितमध्ये प्रायमा लक्षण देखिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा संक्रमणको दर तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनले गाउँमा बिरामीहरु बढिरहेको, समयमा परीक्षण नहुँदा, परीक्षण भएकाहरुको पनि रिपोर्ट समयमा नै नआउँदा सक्रमणको जोखिम झन् बढेको बताए ।

पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना संक्रमण डर लाग्दो हिसाबले फैलिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए ।

गाउँगाउँमा संक्रमितहरु बढ्न थालेपछि स्थानीय जनप्रतिनिधिहरु चिकित्सकसहित गाउँगाउँमा पुग्न थालेका छन् । उनीहरुले स्वास्थ्य सामग्री, औषधि र संक्रमितहरुका लागि पोषिलो खानेकुरा समेत लिएर बिरामीहरुको घरदैलोमा पुगेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ०१ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न