म्याग्दीका गाउँ-गाउँमा फैलियो कोरोना संक्रमण « Khabarhub

म्याग्दीका गाउँ-गाउँमा फैलियो कोरोना संक्रमण


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– देशभर कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा पनि संक्रमणको दर उच्च देखिएको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएका गाउँका साथै अन्य गाउँहरुमा पनि संक्रमण तीव्र गतिमा फैलिएको छ ।

बेनी नगरपालिकाको ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाटका साथै ६ वटै स्थानीय तहमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । म्याग्दीमा दैनिक १०० भन्दा बढी कोरोना सङ्क्रमित देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा अहिले १ हजार ३०१ जना संक्रमित छन् । मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि संक्रमण बढ्दो रहेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । संक्रमितमध्ये प्रायमा लक्षण देखिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा संक्रमणको दर तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनले गाउँमा बिरामीहरु बढिरहेको, समयमा परीक्षण नहुँदा, परीक्षण भएकाहरुको पनि रिपोर्ट समयमा नै नआउँदा सक्रमणको जोखिम झन् बढेको बताए ।

पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना संक्रमण डर लाग्दो हिसाबले फैलिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए ।

गाउँगाउँमा संक्रमितहरु बढ्न थालेपछि स्थानीय जनप्रतिनिधिहरु चिकित्सकसहित गाउँगाउँमा पुग्न थालेका छन् । उनीहरुले स्वास्थ्य सामग्री, औषधि र संक्रमितहरुका लागि पोषिलो खानेकुरा समेत लिएर बिरामीहरुको घरदैलोमा पुगेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ०१ बजे

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा