कमल थापाको प्रश्न : धारा ७६(५) ले सांसदलाई निर्दलीय बन्न छुट दिएको हो ? « Khabarhub

कमल थापाको प्रश्न : धारा ७६(५) ले सांसदलाई निर्दलीय बन्न छुट दिएको हो ?


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ को उपधारा (५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो भन्दै प्रश्न गरेका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा विद्वानहरू समक्ष सानो जिज्ञासा भन्दै संविधानको धारा ७६ (५) ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? भनेर प्रश्न राखेका छन् ।

उनले यो मान्यतालाई स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । थापाले क्षणिक स्वार्थलाई मात्र नहेर्न सबै दलका नेतालाई आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘विद्वानहरू समक्ष सानो जिज्ञासा: के संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो ? यदि यो मान्यता स्विकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न् । क्षणिक स्वार्थ मात्र नहेरौं।’

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : ५० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ