२ हजार २०५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

२ हजार २०५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २०५ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ७२१ कोरोना संक्रमितको आईसीयूमा र ४८४ को भेन्टिलेटरमा गरी कुल २ हजार २०५ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २५५ जना आईसीयूमा र ५८ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९७

आईसीयूमा र ५१ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८६९ जना आईसीयूमा र ३०८ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११४ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५५ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४२ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : ४४ बजे

‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

काठमाडौं – देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको

विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग

संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी दललाई ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव

काठमाडौं – ‘जेनजी’ प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक १३ गते बिहीबार। कात्तिक