कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा  ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमितको संख्या ५ लाख १३ हजार २४१ पुगेको छ ।

सोही अवधिमा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ८२१ जनामा कोरोना पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १४, उदयपुरमा ४८, ओखलढुंगामा ६, खोटाङमा ८, झापामा १४८, ताप्लेजुङमा १३, तेह्रथुममा ३, धनकुटामा ६, पाँचथरमा ५, भोजपुरमा ६, मोरङमा ३८३, संखुवासभामा ५, सुनसरीमा १२१ र सोलुखुम्बुमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ९६, पर्सा ३७, बारामा १५७, महोत्तरीमा ६०, रौतहटमा १३, सप्तरीमा ५९, सर्लाहीमा २१ र सिरहामा ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १७२, चितवनमा २४, दोलखामा १४, धादिङमा ६७, नुवाकोटमा ३८, भक्तपुरमा ३६६, मकवानपुरमा ११२, रसुवामा ४, रामेछापमा ४१, ललितपुरमा ६९४, सिन्धुपाल्चोकमा १५५ र सिन्धुलीमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा ४०१, गोरखामा ५८, तनहुँमा ६४, नवलपरासी पूर्वमा ५३, पर्वतमा ८, मुस्ताङमा २, म्याग्दीमा १४४, लमजुङमा ३२, बागलुङमा ३९ र स्याङजामा ११२ जनामा कोरोना भाइरस संक्रमण दिखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा १३२, गुल्मीमा ६३, दाङमा १०९, नवलपरासीमा ४०, पाल्पामा ८०, प्युठानमा ३, बर्दियामा २७१, बाँकेमा १३७,रुपन्देहीमा ४२९ र रोल्पामा १२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै कर्णाली प्रदेशको कालिकोटमा ३८, जाजरकोटमा ६, जुम्लामा ३, डोल्पामा ९, दैलेखमा ३, मुगुमा १, रुकुम पश्चिमा ८, सल्यानमा ४९ र सुर्खेतमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  सुदूरपश्चिम प्रदेशको अछाममा ९६, कञ्चनपुरमा ३६, कैलालीमा ५०, डडेल्धुरामा १८, डोटीमा ५२, दार्चुलामा ३, बझाङमा १, बाजुरामा ३ र बैतडीमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : २३ बजे

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ