कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा  ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमितको संख्या ५ लाख १३ हजार २४१ पुगेको छ ।

सोही अवधिमा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ८२१ जनामा कोरोना पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १४, उदयपुरमा ४८, ओखलढुंगामा ६, खोटाङमा ८, झापामा १४८, ताप्लेजुङमा १३, तेह्रथुममा ३, धनकुटामा ६, पाँचथरमा ५, भोजपुरमा ६, मोरङमा ३८३, संखुवासभामा ५, सुनसरीमा १२१ र सोलुखुम्बुमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ९६, पर्सा ३७, बारामा १५७, महोत्तरीमा ६०, रौतहटमा १३, सप्तरीमा ५९, सर्लाहीमा २१ र सिरहामा ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १७२, चितवनमा २४, दोलखामा १४, धादिङमा ६७, नुवाकोटमा ३८, भक्तपुरमा ३६६, मकवानपुरमा ११२, रसुवामा ४, रामेछापमा ४१, ललितपुरमा ६९४, सिन्धुपाल्चोकमा १५५ र सिन्धुलीमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा ४०१, गोरखामा ५८, तनहुँमा ६४, नवलपरासी पूर्वमा ५३, पर्वतमा ८, मुस्ताङमा २, म्याग्दीमा १४४, लमजुङमा ३२, बागलुङमा ३९ र स्याङजामा ११२ जनामा कोरोना भाइरस संक्रमण दिखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा १३२, गुल्मीमा ६३, दाङमा १०९, नवलपरासीमा ४०, पाल्पामा ८०, प्युठानमा ३, बर्दियामा २७१, बाँकेमा १३७,रुपन्देहीमा ४२९ र रोल्पामा १२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै कर्णाली प्रदेशको कालिकोटमा ३८, जाजरकोटमा ६, जुम्लामा ३, डोल्पामा ९, दैलेखमा ३, मुगुमा १, रुकुम पश्चिमा ८, सल्यानमा ४९ र सुर्खेतमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  सुदूरपश्चिम प्रदेशको अछाममा ९६, कञ्चनपुरमा ३६, कैलालीमा ५०, डडेल्धुरामा १८, डोटीमा ५२, दार्चुलामा ३, बझाङमा १, बाजुरामा ३ र बैतडीमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : २३ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।