पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ « Khabarhub

पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रतिनिधिमण्डलले आज सिंहदरबारमा पत्रकारको निःशुल्क कोरोना उपचारको व्यवस्था मिलाउनलगायतका माग प्रस्तुत गरेपछि सञ्चारमन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि खोप प्रदानमा उच्च प्राथमिकता दिएको बताउँदै छुटेका पत्रकारलाई पनि प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउने बताए ।

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना भाइरसको खोप लगाउन छुटेका ६०० पत्रकारलाई खोपको व्यवस्था मिलाउन र सङ्क्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा सञ्चार क्षेत्रलाई राहत प्याकेज दिन माग गरेका थिए ।

प्रतिष्ठान प्रदेशले कोरोनाबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : ३० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ