पाँचौँ दिनमा रोकियो भूकम्पको धक्का « Khabarhub

पाँचौँ दिनमा रोकियो भूकम्पको धक्का


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा पाँचौ दिनमा भूकम्पको धक्का रोकिएपछि मर्स्याङ्दी गाउँपालिकाका वासिन्दाले सुरक्षित भएको महशुस गरेका छन् । जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पटकपटक गरी शनिबार साँझ ६ बजेर १८ मिनेटसम्म नै धक्का गएपनि त्यसयता कुनै धक्का महशुस गरिएको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विस्तारै भूकम्पको परकम्पन्न हराउँदै जाने जनाएको छ । जिल्लामा बुधबारदेखि शनिबारसम्मको अवधिमा १०० वटा सानाठूला भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । त्यस्तै, चार रेक्टरभन्दा माथिका छ वटा र सोभन्दा कमका ९४ वटा भूकम्प गएको उक्त केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लामा अन्तिम पल्ट शनिबार साँझ ६ बजेर १८ मिनेट जाँदा २ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता कुनै पनि भूकम्पको धक्का भने जिल्लावासीले महशुस गरेका छैनन् ।

स्थानीय वासिन्दा बुधबार रातिदेखि घर बाहिर सुत्न बाध्य थिए । जिल्लामा चार दिन र तीन रात पटक पटक भूकम्पको धक्का महशुस भइरहेको थियो ।

बुधबार बिहान गएको भूकम्पले मानवीयदेखि भौतिक संचरनामा क्षति पुगेको थियो । जिल्लामा सो भूकम्प जाँदा २०८ घर पूर्ण क्षति र २०० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार जिल्लाका छ जना घाइते भएका छन् । भूकम्प पीडितलाई तत्कालका लागि प्रशासनबाट केही राहत सामग्रीहरु पनि वितरण गरिरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : ०३ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको