महोत्तरीमा जारी निषेधाज्ञा १० दिन थप « Khabarhub

महोत्तरीमा जारी निषेधाज्ञा १० दिन थप


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरसको रोक थाम तथा नियन्त्रणका लागि महोत्तरीमा जारी जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

आइतबार जिल्ला विपद व्यवस्थापन समितिको बैठकले थप दश दिन निषेधाज्ञा बढाउने निर्णय गरेको हो । बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप गरेको हो ।  जिल्लामा बैशाख २२ गतेदेखि निषेधाज्ञा  जारी छ ।

प्रदेश २ का जिल्लाहरु हटस्पट बन्न थालेपछि सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा कडा बनाउन मातहतको सबै कार्यालयलाई पत्राचार गरिएको छ ।

निषेधाज्ञामा अतिआवश्यक बाहेक सेवामा समेत रोक लगाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, तरकारी, र नेपाल राष्ट्र बैंकको अनुसार वित्तीय संस्था मात्र खोल्न आदेश दिइएको हो ।

विहान ६ बजेदेखि ९ बजेसम्म औषधी व्यवसाय, पेट्रोल, फलफूल, ग्यास पसल र दुध डेरी खोल्न पाइने विज्ञप्तिमा जनाइएको छ ।  यता, धनुषामा पनि आइतबार राति १२ बजेदेखि निषेधाज्ञा सकिएको छ । तर, निषेधाज्ञा थप भएको छैन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले सोमबार विपद व्यवस्थापन समितिको बैठक बसेर निर्णय हुने जानकारी दिए ।

पछिल्लो समय धनुषामा पनि कोरोनाको ग्राफ उकालो लाग्न थालेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : १३ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर