एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण « Khabarhub

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् ।

स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए ।

“उहाँहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ”, उनले भने ।

बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ०३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना