भारतमा संक्रमण घटे पनि घटेन मृत्यु दर, मृतक संख्या ३ लाख नाघ्यो « Khabarhub

भारतमा संक्रमण घटे पनि घटेन मृत्यु दर, मृतक संख्या ३ लाख नाघ्यो


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २२ हजार ८३५ जनामा संक्रमण भएको छ । यो संख्या आइतबारको तुलनामा झण्डै २२ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६७ लाख ५१ हजार ६८१ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४५५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ४५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था