विपक्षी गठबन्धनको रिटमा नेपाल पक्षका २३ सांसदको हस्ताक्षर « Khabarhub

विपक्षी गठबन्धनको रिटमा नेपाल पक्षका २३ सांसदको हस्ताक्षर


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्ने रिटमा एमालेको माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

संसद पुन: स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गराउन परमादेश माग गर्दै सर्वोच्चमा दायर हुँदै गरेको रिटमा नेपाल समूहका २३ जान सांसदले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए ।

उनले भने, ‘कोही जिल्लामा जानुभएको छ । कोही कोभिड भएका कारण उपस्थित हुन सक्नुभएन । आज हामी २३ जनाले हस्ताक्षर गरेका छौं ।’

अदालतमा शशरीर उपस्थित हुन लागेको भन्दै उनले सनाखत आवश्यक पर्दा समेत सबै सांसद उपस्थित हुने दाबी गरे । उनले अहिले २३ सांसदले हस्ताक्षर गरेको भएपनि त्यो संख्या बढ्ने दाबी समेत गरे ।

विपक्ष गठबन्धन अहिले रिट लिएर सर्वोच्च अदालत पुगिसकेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १ : १८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट