सर्वोच्च अदालतप्रति भरोसा छ, दायाँबायाँ गर्न मिल्दैन : गगन थापा | Khabarhub Khabarhub

सर्वोच्च अदालतप्रति भरोसा छ, दायाँबायाँ गर्न मिल्दैन : गगन थापा


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले आफूहरूको पक्षमा सर्वोच्च अदालतले फैसला गर्नेमा पूर्ण भरोसा रहेको बताएका छन् ।

सोमबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेर फर्कने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसद पुन:स्थापना भएरै छाड्ने दाबी गरेका हुन् । नेता थापाले एउटा अहंकारी प्रधानमन्त्रीका कारण पटक-पटक अदालत आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

‘सर्वोच्चले यस अघि आफैले गरेको संसद पुनःस्थापनाको फैसलामा टेकेर देउवालाई प्रधानमन्त्री नियुक्तको आदेश गर्नेछ भन्नेमा हामी विश्वस्त छौ’ थापाले भने, ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दै संसद विघटन गरेकाले हामी अदालत आएका हौँ । यसरी पटक-पटक अदालत आउनु दुर्भाग्यपूर्ण हो ।’

थापाले आफूहरू संसदमा कायम रहेको संख्याको ५४ प्रतिशत सांसद अदालत आएकाले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए । ‘हामी १४६ जना सांसद जिउँदै छौँ ,’ उनले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र मिल्दैन पनि । हामी सबैको अदालतप्रति भरोसा छ ।’

विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट दायर गरेको छ । रिटमा १ सय ४६ सांसदको हस्ताक्षर छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ४ : ०७ बजे

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित