शेयर बजारमा नयाँ रेकर्ड, १३ अर्ब बढीको कारोबार « Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, १३ अर्ब बढीको कारोबार


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

शेयर बजार नेप्से ३.०७ अंकले बढेर २ हजार ८ सय २५.०३ अंकको विन्दुमा कायम भएको छ ।

दिनभरिमा २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

जसमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज बैंकिङ, हाइड्रोपावर कम्पनी, निर्जीवन बीमा समूह, म्युचअल फण्ड र इन्भेष्टमेन्ट उपसूचक बढेका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै बरुण हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै नेको इन्स्योरेन्स, नेपाल पुनर्बीमा, आईएमई जनरल इन्स्योरेन्स कम्पनीको कारोबार बढी भएको छ ।

यस्तै, सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ४ : ५७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना