कोरोना संक्रमणबाट प्रहरीका अर्का डीएसपी खरेलको निधन « Khabarhub

कोरोना संक्रमणबाट प्रहरीका अर्का डीएसपी खरेलको निधन


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको नीति निर्माणदेखि तालिमको शैक्षिक गुणस्तर उकास्न उल्लेख्य सहयोग गरेका डीएसपी खरेलको सोमबार अपराह्न निधन भएको जानकारी दिइएको छ ।

प्रहरीभित्र ‘एकेडेमिक किरो’ उपमा पाएका खरेल प्राय प्रहरीभित्र हुने लेखापढी, नीति निर्माण र तालिम शैक्षिक विषयका काममा पोख्त अधिकारीका रुपमा परिचित थिए ।

यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको पनि कोरोना संक्रमणकै कारण निधन भएको थियो ।

काभ्रेपलाञ्चोकको खरेल थोक स्थायी ठेगाना भएका खरेलका श्रीमती, एकछोरी र एक छोरा छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ५ : १६ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल