कोरोना संक्रमणबाट प्रहरीका अर्का डीएसपी खरेलको निधन « Khabarhub

कोरोना संक्रमणबाट प्रहरीका अर्का डीएसपी खरेलको निधन


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको नीति निर्माणदेखि तालिमको शैक्षिक गुणस्तर उकास्न उल्लेख्य सहयोग गरेका डीएसपी खरेलको सोमबार अपराह्न निधन भएको जानकारी दिइएको छ ।

प्रहरीभित्र ‘एकेडेमिक किरो’ उपमा पाएका खरेल प्राय प्रहरीभित्र हुने लेखापढी, नीति निर्माण र तालिम शैक्षिक विषयका काममा पोख्त अधिकारीका रुपमा परिचित थिए ।

यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको पनि कोरोना संक्रमणकै कारण निधन भएको थियो ।

काभ्रेपलाञ्चोकको खरेल थोक स्थायी ठेगाना भएका खरेलका श्रीमती, एकछोरी र एक छोरा छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ५ : १६ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न