म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो « Khabarhub

म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउँछन्।

सदरमुकाममा सङ्क्रमणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण छ ।

“बेनी बजारमा नयाँ सङ्क्रमित थपिने क्रम घटेको छ तर ग्रामीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ”, डाक्टर कडेलले भने, “ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन् ।” बेनी अस्पतालको आइसोलेशनमा उपचाररत अधिकांश सङ्क्रमित नगरपालिकाको ग्रामीण क्षेत्र र पालिकाको आइसोलेशनबाट रिफर भएर आएकाहरु छन् ।

निषेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको सङ्क्रमण विवाह, चौरासी, व्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

सोमबार पछिल्लो २४ घण्टामा म्याग्दीका ६५ सङ्क्रमितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । योसँगै म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ सङ्क्रमित निको भएर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीमा ५२० सक्रिय सङ्क्रमित छन् ।

बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुङ्गे र भकिम्लीमा सङ्क्रमण फैलिएको छ । भकिम्लीमा ३२ जना लक्षण देखिएका र शङ्कास्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा सङ्क्रमण फैलिएको छ । केही दिनअघि वडा नं ५ को छिस्वाङमा फैलिएको कोरोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ ।

एक हप्ताअघिसम्म न्यून मात्रामा सङ्क्रमित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र निस्कोटमा देखिएको छ । मालिकामा रुमका ३२, देविस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना सङ्क्रमित छन् ।

अन्नपूर्णको दोवामा पनि कोरोना सङ्क्रमित भेटिएका छन् । धवलागिरिको ताकम र लुलाङमा पनि सङ्क्रमणको अवस्था स्थिर देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लारवाहीका कारण ग्रामीण क्षेत्रमा कोरोना महामारी नियन्त्रणमा चुनौती देखिएको छ । म्याग्दीको गुर्जा, बिम, मल्कवाङ, कुइनेमङ्गले, पाखापानी, झिँ र राम्चेबाहेकका वडाहरु कोरोना महामारीबाट प्रभावित भएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ११ : ४० बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय