ओलीले गरेको कारबाही औचित्यहिन : माधव नेपाल « Khabarhub

ओलीले गरेको कारबाही औचित्यहिन : माधव नेपाल


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट निस्काशित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका नेताहरुमाथी गरिएको कारबाही औचित्यहिन र अर्थहिन रहेको टिप्पणी गरेका छन् ।

फेसबुकमार्फत अपिल जारी गर्दै नेता नेपालले केपी ओलीका कारण एमाले विभाजनको अबस्थामा पुगेको र अध्यक्ष ओलीले एमाले विभाजन गर्ने काम फत्ते गरेको भन्दै कारबाहीको कुनै अर्थ नहरहेको स्पष्ट पारेका हुन् ।

‘कमरेड जेएन खनाल, म, क. मुकुन्द न्यौपाने, क. भीम रावलसहित ११ जना माथि कारबाही भन्दै पार्टी सदस्यबाटसमेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहिन, अनाधिकारिक र अर्थहिन रहेको कुरा स्पष्ट पार्दछु,’ नेता नेपालले जारी गरेको अपिलमा भनिएको छ ।

उनले केपी ओली नेतृत्वको सरकारलाई हटाउनु नै अबको पहिलो काम भएकोसमेत भनेका छन् । नेता नेपालले अब कानूनी र राजनीतिक तथा सडक आन्दोलन गर्ने चेतावनी दिँदै भनेका छन्,‘अब हामी माथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा सुम्पेको भन्दै उनले ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : १२ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा