अदालतको अवहेलना गर्ने प्रधानमन्त्रीलाई एक वर्ष कैद सजाय माग्दै सर्वोच्चमा रिट « Khabarhub

अदालतको अवहेलना गर्ने प्रधानमन्त्रीलाई एक वर्ष कैद सजाय माग्दै सर्वोच्चमा रिट


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना गरेको भन्दै एक वर्ष कैद सजायको माग दावीसहित सर्वोच्चमा रिट परेको छ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले दोस्रो प्रतिनिधिसभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै आज अदालतमा रिट दर्ताका लागि पेस गरेका हुन।

अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतले गत फागुन ११ मा गरेको संसद पुर्नस्थापनाको आदेश विपरीत प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा विघटन गरेर अदालतको अवहेलना गरेकोले रिट पेस गरेको जानकारी दिए।

रिटमा प्रधानमन्त्रीलाई २४ घण्टाभित्र अदालतमा शशरीर उपस्थित गराइ अदालतको अवहेलनामा अधिकतम अर्थात १ वर्ष कैद र १० हज़ार रुपैयाँ जरिबानाको माग राखिएको अधिवक्ता त्रिपाठीले जानकारी दिए।

अदालत प्रशासनले रिट अध्ययनको क्रममा रहेकाले दर्ता प्रक्रियामा समावेश गर्नेबारे टुंगो लागि नसकेको जनाएको छ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ३ : १४ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज