कोरोनाको ‘आतंक’ फैलाएर ओली सत्तामा टिक्न खोजिरहेको कांग्रेसको आरोप (भिडियोसहित) « Khabarhub

कोरोनाको ‘आतंक’ फैलाएर ओली सत्तामा टिक्न खोजिरहेको कांग्रेसको आरोप (भिडियोसहित)


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जनतामा कोरोना भाइरसको आतंक फैलाएर  सत्तामा टिकिरहने कोसिस गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ओली आफ्नो सत्ता लम्ब्याउन जनता आतंकित हुने सूचना सार्वजनिक गराउन उद्यत भएको ठहर गरेको हो ।

कोरोना नियन्त्रण गर्ने भन्दा पनि त्यसकै आडमा सत्ता लम्ब्याउने ओलीको चाहान पूरा हुन नदिने कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले बताएका छन् ।

‘सरकारले कोभिड संक्रमणलाई रोकथाम गर्ने भन्दा पनि त्यसको आडमा राजनीति गर्न खोजेको छ, जनतालाई दुई दिन भित्र किनमेल गर भन्नु त्यसैको एउटा दृष्टान्त हो,’ महतले भने ।

 हेरौँ भिडियो

सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसलाई सरकारले बेवास्ता गरेको पनि उनले बताए ।

‘संक्रमितलाई उपचार गर्नेभन्दा पनि राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस गरिरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हामी यसको भर्त्सना गर्छौ छौं,’ महतले भने।

काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञामा खाद्यान्न पसल पनि बन्द गर्ने र त्यसका लागि २ दिनभित्र खाद्यान्न जोहो गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि कांग्रेसले यसमा आपत्ती जनाएको हो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १ : ११ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी