कोरोनाको ‘आतंक’ फैलाएर ओली सत्तामा टिक्न खोजिरहेको कांग्रेसको आरोप (भिडियोसहित) « Khabarhub

कोरोनाको ‘आतंक’ फैलाएर ओली सत्तामा टिक्न खोजिरहेको कांग्रेसको आरोप (भिडियोसहित)


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जनतामा कोरोना भाइरसको आतंक फैलाएर  सत्तामा टिकिरहने कोसिस गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ओली आफ्नो सत्ता लम्ब्याउन जनता आतंकित हुने सूचना सार्वजनिक गराउन उद्यत भएको ठहर गरेको हो ।

कोरोना नियन्त्रण गर्ने भन्दा पनि त्यसकै आडमा सत्ता लम्ब्याउने ओलीको चाहान पूरा हुन नदिने कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले बताएका छन् ।

‘सरकारले कोभिड संक्रमणलाई रोकथाम गर्ने भन्दा पनि त्यसको आडमा राजनीति गर्न खोजेको छ, जनतालाई दुई दिन भित्र किनमेल गर भन्नु त्यसैको एउटा दृष्टान्त हो,’ महतले भने ।

 हेरौँ भिडियो

सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसलाई सरकारले बेवास्ता गरेको पनि उनले बताए ।

‘संक्रमितलाई उपचार गर्नेभन्दा पनि राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस गरिरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हामी यसको भर्त्सना गर्छौ छौं,’ महतले भने।

काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञामा खाद्यान्न पसल पनि बन्द गर्ने र त्यसका लागि २ दिनभित्र खाद्यान्न जोहो गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि कांग्रेसले यसमा आपत्ती जनाएको हो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १ : ११ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको