चीनसँग खोप उपलब्ध गराउन दलका शीर्ष नेताहरुको आग्रह « Khabarhub

चीनसँग खोप उपलब्ध गराउन दलका शीर्ष नेताहरुको आग्रह


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले कोरोना विरुद्धको लडाइँका लागि खोप उपलब्ध गराउन चिनियाँ सरकारसँग आग्रह गरेका छन् ।

बुधबार चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल मिटिङमा शीर्ष नेताहरुले कोरोना विरुद्धको लडाइँका लागि चीनको साथ खोजेका हुन । उनीहरुले अहिले नेपाललाई तत्काल खोपको आवश्यकता रहेको हुँदा खोपको व्यवस्था गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस संक्रमण उच्च बिन्दुमा पुगेको भन्दै बजारमा अक्सिजनको अभाव रहेको अवस्थामा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए ।

उनले नेपाली नागरिकहरुको जीवन रक्षाका लागि चीनको सहयोग अपरिहार्य रहेको बताउँदै खोप उपलब्ध गराउन आग्रह गरे ।

यसैगरी एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनले कोरोना विरुद्धको लडाइँका लागि गरेको सहयोग सरहानीय रहेको बताउँदै कोरोनाविरुद्धको खोप सहयोगकाे अपेक्षा राखे । उनले सबै सुरक्षित नभइकन कोही पनि सुरक्षित नहुने बताउँदै चीनलाई थप खोप सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि खोप प्रभावकारी भएको बताउँदै कोरोना विरुद्धको खोपका साथै थप स्वास्थ्य सामाग्री उपलब्ध गराउन चीनसँग आग्रह गरे ।

त्यस्तै नेपाली कांग्रेसका नेता नारायण खड्काले नेपाललाई स्वास्थ्य संकटबाट बचाउन चीनले गरेको सहयोगको प्रसंशा गर्दै अक्सिजन लगायतका स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरे ।

बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी भएका थिए । उनीहरुले नेपाललाइ सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

नेपालकातर्फबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता नारायण खड्का,  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष यादव, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ५ : ५२ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा