चीनले नेपाललाई १० लाख डोज खोप दिने « Khabarhub

चीनले नेपाललाई १० लाख डोज खोप दिने


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा उत्तरी छिमेकी चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख मात्रा खोप उपलव्ध गराउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि बीच आज भएको फोन संवादमा सिले नेपाललाई उक्त परिमाणको खोप उपलव्ध गराउने जानकारी गराएका हुन् ।

यसअघि चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोपको ८ लाख मात्रा अनुदानमा उपलव्ध गराएको थियो ।

बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल मिटिङमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि कोरोना विरुद्धको लडाइँका लागि खोप उपलब्ध गराउन चीनसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ६ : २२ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार