अभिषेक र मन्जलीलाई इमर्जिङ प्लेयर्सको उपाधि « Khabarhub

अभिषेक र मन्जलीलाई इमर्जिङ प्लेयर्सको उपाधि


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले इमर्जिङ प्लेयर्सको अवार्डबाट २ जना सम्मानित भएका छन् ।

महिलातर्फ मन्जली कुमारी योन्जन र पुरुषतर्फ अभिषेक रिजाल इमर्जिङ प्लेयर्सको अवार्डबाट सम्मानित भएका हुन् ।

मन्जलीले विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदशन गरेकी थिइन् ।

रिजालले केही समय अगाडि भारतको गुवाहाटीमा सम्पन्न डाक्टर टि आओ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए ।

एन्फाले पहिलो पटक मनाएको ‘एन्फा डे’को अवसरमा २ खेलाडी इमर्जिङ प्लेयर्सको उपाधिबाट सम्मानित भएका हुन् ।

गत वर्ष निर्वाचित भएको नयाँ कार्यसमितिले बैशाख २२ लाई एन्फा डे का रुपमा मनाउने निर्णय गरेको थियो ।

एन्फाले आफ्नो स्थापना दिवसका अवसर विभिन्न ११ वटा विधामा फुटबलर तथा फुटबलकर्मीलाई सम्मान गर्दै छ ।

दिवसका अवसरमा एन्फाले पुरुष र महिला विधामा विशेष योगदान खेलाडी अवार्ड, बर्ष उत्कृष्ट प्रशिक्षक, बर्ष उत्कृष्ट जिल्ला, बर्ष उत्कृट फुटबल क्लब, अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडी, महिला र पुरुषको उदयमान खेलाडी, महिला र पुरुषको बर्ष उत्कृष्ट रेफ्री तथा लाईभ टाईम एच्युभमेन्ट अवार्ड प्रदान गर्दै छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै