महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने | Khabarhub Khabarhub

महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।

ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन ।

जसपाको कार्यकारिणी समितीमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युउताउने भएका छन् । जसपाको ५० सदस्यिय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बाँकी २९ सदस्य यादवको पक्षमा छन् । तर, संसदीय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा उभिएका थिए । ३२ जना सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्षमा १३ जना सांसद उभिएका थिए ।

राजपाको चुनाव चिन्ह भने हातको पञ्जा हुने भएको छ । राजपा बुधवार नै दर्ता गर्ने तयारी भएपनि सार्वजनिक बिदा भएको कारण रोकिएको थियो । जसपाको केन्द्रीय कार्यकारिणीमा बहुमत जुटाउनको लागी अशोक राई र इस्तियाक राई लगायतका नेताहरुसँग ठाकुरले निरन्तर छलफल गरेपनि प्रयास असफल भएपछि नयाँ पार्टी दर्ता गर्ने निष्कर्शमा ठाकुर पक्ष पुगेको हो ।

यससँगै प्रतिनिधिसभाको दोस्रो पटक विघठन भएपछि सरकारमा जाने तयारी गरेको ठाकुर पक्ष केही दिन अदालतको फैसला कुरेर मात्र सरकारमा जाने भएको छ ।

प्रतिनिधिसभा विघठनविरुद्ध प्रतिनिधिसभा पुर्नस्थापनादेखि केपी ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने मागसहितका परेका ३० मध्ये १९ वटा रिटमा आजदेखी सुनवाइ शुरू हुदैँछ भने संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ भोलीवाट शुरू हुनेछ ।

जसपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई सर्वोच्चको फैसलापछि मात्र सरकारमा सहभागी हुने जानकारी दिएका छन् । जसपा उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय लिएर राजेन्द्र महताको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : १० बजे

हनुमन्तेमा जलसतह बढ्यो, सचेत रहन अनुरोध 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भक्तपुरको

बीपी राजमार्गसहित यी सडकखण्ड अझै अवरुद्ध (सूचीसहित)

काठमाडौं– असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट

मनास्लु हिमाल आरोहणमा आकर्षण

काठमाडौं– मनास्लु (८१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ

गाजा, बेरुत र सिरियामा इजरायलको आक्रमण, ६ जना मारिए

काठमाडौं– इजरायलले एकै पटक गाजा, लेबनान र सिरियामा आक्रमण गरेको

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा