भिसेरा रिपोर्ट अनुसार कारभित्रका तीन बालकको निसासिएर मृत्यु | Khabarhub Khabarhub

भिसेरा रिपोर्ट अनुसार कारभित्रका तीन बालकको निसासिएर मृत्यु


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दाङको तुलसीपुर उपमहानगरपालिका –६ स्याउली मा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय दाङका अनुसार तीन बालक कार भित्र मृत अवस्थामा भेटिएपछि गरिएको अनुसन्धान अनुसार निसासिएर मृत्यु भएको खुलेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने, ‘हामीले बालकको मृत्युको अनुसन्धान गरिरहेका थियौँ । अहिले भिसेरा रिपोर्ट आयो, त्यो रिपोर्ट हेर्दा निसासिएर अक्सिजनको अभावले र कार्बनमोनोअक्साईडले गर्दा निसासिएर मृत्यु भएको देखिएको छ ।’

उनले अझैपनि घटना अनुसन्धानकै क्रममा रहेको बताए ।

वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए।

मृतकमा तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १ : ४६ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन