हिमालपारीको जिल्लामा कोरोनाको सन्त्रास बढ्दै « Khabarhub

हिमालपारीको जिल्लामा कोरोनाको सन्त्रास बढ्दै



पोखरा– गण्डकी प्रदेशका जिल्लाहरुमा कारोना संक्रमित बढिरहँदा हिमाल पारीको दुई जिल्ला मनाङ र मुस्ताङमा पनि कोरोना संक्रमित बढिरहेका छन् । दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि हिमाली जिल्लामा सन्त्रास फैलिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरपछि कोरोनाबाट मनाङ भन्दा मुस्ताङ बढी प्रभावित भएको छ । कोरोना संक्रमणबाट मुस्ताङमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि आइसीयूको समेत ब्यवस्था नभएको मुस्ताङ्का बासिन्दा स्थास्थ्य जटिल भएपछि पोखरा आउनुपर्ने बाध्यता छ ।

कोरोनाको पहिलो लहरमा सून्य संक्रमणजस्तै रहेको मुस्ताङ्मा पछिल्लो ३ हप्तामा मात्रै २ सय ९२ जनामा संक्रमण देखिएको हो । तीमध्ये ८९ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले बताए ।

मुस्ताङ्को घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र तथा उपल्लो मुस्ताङको लोमाङ्थाङमा संक्रमित छन् ।

स्वास्थ्य कार्यालयकाअनुसार वारागुङ् मुक्तिक्षेत्र गाउँपालिकामा १०२, थासाङ्मा ५६ जना, घरपोझोङमा ३६ जना तथा उपल्लो मुस्ताङ्को लोमाङथाङ्मा ९जना संक्रमित छन् । मुस्ताङ्मा बुधबार ८ जना संक्रमित थपिएका छन् । योसहित २०३ जना सक्रिय संक्रमित छन् ।

आठ वटा बेड रहेको जिल्ला अस्पताल मुस्ताङ्को आइसोलेशनमा ४ जना संक्रमित छन् भने अन्य स्थानीय तहको कोभिड आइसोलेशनमा रहेका छन् । संक्रमितहरु मध्ये १ सय ६८ जना घरमै छन् ।

मनाङमा पनि कोरोनाको नयाँ भेरियन्टले प्र्रभावित बनाएको छ । स्वास्थ्य निर्देशनालयको विवरणअनुसार ८६ जना संक्रमित भएका भएका छन् । तीमध्ये ६१ जना संक्रमणमुक्त भएपछि अहिले २५ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाले आमाछोराको मृत्यु

कोरोना संक्रमणका कारण मुस्ताङ्को घर पोझोङ गाउँपालिका ४ जोमसोमका एकै परिवारका आमाछोराको मृत्यु भएको छ ।

कोरोना संक्रमण भई जोमसोमका ४३ वर्षीय कर्माछिरिङ् गुरुङको सोमवार मृत्यु भएको छ । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गत वैशाख २० गते जोमसोम अस्पतालमै एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि थियो । संक्रमण पुष्टी भएपछि स्वास्थ्य अवस्था असहज महशुस गरेपछि उनी आफै पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएका थिए ।

कर्माका ७२ वर्षीया आमाको भने बैशाख १६ गते जोमसोम अस्पतालमै मृत्यु भएको थियो । स्थानीयकाअनुसार जापानमा बस्दै आएका गुरुङ दम्पति दुई महिनाअघि मात्रै घर आएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  २ : ३९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार