महामारीविरुद्ध लड्न चिकित्सक संघले स्वास्थ्यकर्मीलाई दिन थाल्यो तालिम | Khabarhub Khabarhub

महामारीविरुद्ध लड्न चिकित्सक संघले स्वास्थ्यकर्मीलाई दिन थाल्यो तालिम


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन थालेको छ ।

बिहीबारदेखि शुरु भएको तालिम ५ वटा समूहलाई दुई/दुई दिनको दरमा १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेटिएको छ ।

तालिममा कोरोना महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने र  संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने भन्ने विषय समेटिएको कार्कीले बताए ।

भर्चुअल माध्यमबाट गर्न लागिएको यो तालिममा देशभरका ३ हजार चिकित्सक एवं स्वास्थ्यकर्मीले सहभागिताका लागि आवेदन दिएका छन् । यो तालिम जुम र फेसबुक लाइभ मार्फत् दिन लागिएको कार्कीले जानकारी दिए ।

सामान्य अवस्थामा समेत स्वास्थ्यकर्मीको अभाव रहेको नेपाली स्वास्थ्य प्रणाली निकट भविष्यमा नै जनशक्तिको अभावले संकटमा पर्ने अवस्था आउन लागेको भन्दै चिकित्सक संघले त्यसको पूर्वतयारी स्वरुप तालिम सञ्चालन गर्न लागेको हो ।

चिकित्सक संघका अनुसार तालिम नेपाल चिकित्सक संघ, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स : कोभिड १९’ नाम दिइएको सो तालिममा प्राविधिक सहयोग भने सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(सिमोन), सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल(सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको रहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : ५२ बजे

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

मनाङ – व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम